नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नं.१३ मा अवस्थित यस भिम अस्पताल नेपालको पुरानो अस्पताल मध्ये एक हो। वि.सं १९९० मा ३ शैयाबाट स्थिपित भएको यस अस्पताल वि.सं २०४१ सालमा २५ शैयामा स्तरोन्नती भएको थियो। आ. व २०७८/७९ मा २५ शैयाबाट ५० शैयाको अस्पतालमा लुम्बिनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयबाट स्तरोन्नती भएको थियो । हाल यस अस्पतालमा ५० शैया सरकारी र ५७ शैया अस्पताल विकास समिति बाट गरी कुल १०७ शैया उपलध छन् जसमध्ये ८५ बेड क्रियाशिल (Operational beds) शैया रहेका छन।